Ramaune Kaaran Lyrics | Adrian Dewan
रमाउने कारण (येशूको नाम)३
उहाँ आउनुभो मानिस भएर
डाँडाहरु खुशी भई गीत गाए र रमाए
बचाउनुभो क्रूशैमा चढेर
सललल खोला बग्यो चिरी बिरी चरी गायो
रुखहरू ताली बजाई तालमा ताल मिलाए
सिरिरिरि बतास बग्यो मनको पिर उडाई लग्यो
परमेश्वरको काम देखी सारा प्रकृती रमायो
उहाँ आउनुभो मानिस भएर बचाउनुभो क्रूशैमा चढेर
निलो आकाशैमा आज मलाई उडु उडु लाग्यो
सबै थोकहरु माथि अधिकार प्राप्त गरे
मृत्यु अनि पुनरुत्थान द्वारा आफ्नो ख्रीष्ट येशूले
आकाशका ताराहरु वहाँकै गुनगान गाउँछ्न
समुन्द्रका गहिरा गहिरा स्थानहरु वहाँकै हुन
पृथ्वीका अग्ला अग्ला हिमालहरु वहाँकै हुन
रमाउने कारण (येशूको नाम)३
खोला नाला जंगल झरना सबै वहाँमा रमाउँछन
उहाँ आउनुभो मानिस भएर बचाउनुभो क्रूशैमा चढेर
उहाँ मर्नुभो पापलाई लिएर
बौरी उठ्नुभो विजय भएर
0 Comments